नेकपा एसमा विवाद चर्कियो: युवा संघको समानान्तर कमिटी घोषणा, खनालले दिए बधाई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह थप चर्किएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनाल पक्षले युवा संगठन, युवा संघ नेपालमा समानान्तर केन्द्रीय कमिटी घोषणा गरेसँगै विवाद सतहमा आएको हो ।

अध्यक्ष माधवकुमार नेपाल पक्षले नवौं महाधिवेशन आयोजक कमिटीलाई शपथ गराएकै दिन आइतबार खनाल पक्षधर युवाहरूले सञ्जीव राईको नेतृत्वमा २२१ सदस्यीय समानान्तर कमिटी घोषणा गरेका हुन् । घोषित समानान्तर कमिटीलाई सम्मानित नेता खनालले बधाई दिएका छन् । उक्त कमिटीको उपाध्यक्षमा खनालका छोरा निर्भिक खनाललाई राखिएको छ र उनलाई कोशी प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खनाल पक्षका युवाहरूले पार्टी र संगठनभित्र अध्यक्ष नेपाल पक्षले निषेधकारी र मनोमानीपूर्ण व्यवहार देखाएकाले समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताए । यो घटनाक्रम त्यतिबेला भएको हो, जतिबेला अध्यक्ष नेपाल पक्षले रोशन थापाको नेतृत्वमा गठन गरेको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ गराइरहेका थिए ।

समानन्तर कमिटी :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =