पहिरोले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध
२०८२ भदौ १ गते

फाइल तस्बिर
कालीकोट । पहिरोका कारण कर्णाली राजमार्गको कालीकोट सडकखण्डका ठाउँ ठाउँमा यातायात अवरुद्ध भएको छ । शनिवार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।
कर्णाली राजमार्गको कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार दैलेखमा शनिवार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालीकोटको गगने र बिहानीको पहिरो हटाउने काम भइरहेको छ ।
रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोरअन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बीचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् । पहिरोले सडक अवरुद्ध भएपछि कालीकोट हुँदै सुर्खेत जाने सवारी विभिन्न ठाउँमा रोकिएका छन् ।
२०८२ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित








