प्रतिनिधिसभा बैठक दिउँसो १ बजे, पानीजहाज विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा हिजो गणपूरक संख्या नपुगेका कारण अघि बढ्न नसकेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई पुनः निर्णयार्थ प्रस्तुत गर्ने महत्त्वपूर्ण कार्यसूची रहेको छ ।

मंगलबार बसेको बैठकमा उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद संख्या अपुग भएपछि बैठक नै स्थगित हुन पुगेको थियो । आजको बैठकमा सभामुखले सोही विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

संसद् सचिवालयका अनुसार, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =