एकैपटक ७२ सहसचिवको सरुवा, थारू आयोगदेखि राष्ट्रपति कार्यालयसम्म
२०८२ साउन २८ गते

काठमाडौं । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, आयोग र निकायमा सहसचिवहरूलाई सरुवा गरिएको हो ।
सरुवा हुने प्रमुख सहसचिवहरूमा रुद्रप्रसाद लामिछानेलाई थारू आयोगमा, हेमराज सुवेदी र निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालयमा, भूपेन्द्र थापालाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, प्रदीपकुमार कोइरालालाई राष्ट्रपति कार्यालय, रमेश ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, कृष्ण पौडेललाई रक्षा मन्त्रालय, केशवराज ढकाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, श्रीराम ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, र ईश्वरराज पौडेललाई पनि उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।
२०८२ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








