शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
२०८२ साउन २८ गते

झापा । बिर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ ।
पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
उक्त पुल दुई वर्षअघि भासिएको थियो । पुल भाँच्चिएर सडक अवरुद्ध भएपछि दक्षिणमा अर्जुनधाराधाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात सञ्चालन भइरहेको छ ।
वि.संं २०६५ मा भारत सरकारको दुई करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।
२०८२ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








