टर्किएमा लागेको आगोले यातायात अवरुद्ध, धुवाँबाट नागरिक प्रभावित
२०८२ साउन २८ गते

काठमाडौं । टर्किएको उत्तरपश्चिमी कानाक्कले प्रान्तमा डढेलो फैलिएको छ ।
जसबाट यातायात अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई उक्त स्थानबाट खाली गरिएको छ ।
धुवाँबाट निस्सासिएका कारण कुल ७७ जनाको उपचार भइरहेको छ । दुई स्थानमा आगो लागेको थियो । जुन आवासीय क्षेत्रहरूमा फैलिएको छ ।
जमिन र समुन्द्री मार्गबाट उच्च जोखिम क्षेत्रहरूबाट २ हजार ९० बासिन्दाहरूलाई बाहिर निकालिएको थियो । आगलागीका कारण राजमार्गको एक भाग पनि बन्द गरिएको छ ।
२०८२ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








