मनाइयो १४ औँ अन्तर्राष्ट्रिय हात्ती दिवस (तस्बिरहरू)

काठमाडौँ । चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ ।

१४ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मंगलवार सौराहामा रहेका हात्तीलाई वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरेको हात्ती वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो ।

वनभोजमा सरकारी र निजी गरेर ६० वटा सहभागी थिए । निजी ३८, निकुञ्जका १९ र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन वटा हात्ती वनभोजमा सहभागी थिए । वनभोजमा हात्तीलाई मन पर्ने परिकार सख्खर, चना, फर्सी, उखु, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार राखिएको थियो । हरेक वर्ष अगस्ट १२ आजकै दिन हात्ती संरक्षणको उद्देश्यले यो दिवस मनाइन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =