प्रतिनिधि सभामा भ्रष्टाचार निवारण विधेयकको खोजि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले भ्रष्टाचार निवारण विधेयकको खोजि गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थापाले भ्रष्टाचार निवारणसम्बन्धी विधेयक कहाँ छ ? भन्दै प्रश्न गरेका हुन् ।

उनले विधेयकको हालको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने कानूनलाई लुकाएर राख्न नहुने भन्दै तत्काल अघि बढाउन माग गरे । ‘राष्ट्रिय सभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून अहिलेसम्म कहाँ छ ? कसरी अगाडि बढेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने चिजलाई सरकारले लुकाएर राख्ने हो कि यो अगाडि बढाउने हो । यो विषयमा तत्काल सदनलाई जानकारी चाहियो’ उनले भने ।

रष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको गरिएको थियो । समय समयमा सांसदहरुले यी विधेयकहरु सरकारले थन्क्याएर राखेको भन्दै प्रश्न उठाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =