भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

काठमाडौँ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

बीबीसी हिन्दीको जानकारीअनुसार, मतदाता सूचीको विषयमा निर्वाचन आयोगमा विरोध गर्न जान लागेका बेला सोमबार प्रहरीले गान्धीलाई हिरासतमा लिएको हो । उनीसहित अन्य विपक्षी सांसदहरू पनि उक्त प्रदर्शनमा सहभागी थिए ।

प्रहरीले भने सांसदहरूको संख्या अनुमति दिएकोभन्दा धेरै भएकाले बाध्य भएर उनीहरूलाई नियन्त्रणमा लिनुपरेको दाबी गरेको छ ।

आयोगमा प्रवेशका लागि अधिकतम ३० जनालाई अनुमति दिइएको भए पनि त्योभन्दा बढी सांसदहरू पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

यसअघि, लोकसभामा राहुल गान्धीले निर्वाचन प्रक्रियामा सरकारको संलग्नता रहेको र निर्वाचन आयोग त्यसमा मौन बसेको आरोप लगाएका थिए । उनले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आयोगमाथि गम्भीर प्रश्न उठाएका थिए ।

सत्तारूढ दल र विपक्षी दलबीच बढ्दो तनावको अवस्थामा भएको यो घटनाले भारतीय राजनीतिमा नयाँ तरंग ल्याएको विश्लेषण भइरहेको छ । कांग्रेस पार्टीले गान्धीको पक्राउलाई लोकतान्त्रिक मूल्यको उल्लंघन भन्दै भत्र्सना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =