‘रविलाई राखिएको कोठामा छैन एसी, झ्याल प्लाई उडले टालिएको छ’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रास्वपाका सभापति रवि लामिछानेसहित अन्य कैदीबन्दीहरू आधारभूत सुविधाको अभावमा रहेको स्पष्ट पारेको छ ।

आयोगका प्रतिनिधिहरूले रुपन्देही कारागारको अनुगमन गर्दै उक्त कारागारमा रहेका कैदीबन्दीहरू आधारभूत सुविधाको अभावमा रहेको खुलासा गरेका हुन् ।

आयोगका प्रवक्ता लिली थापाका अनुसार लामिछानेलाई राखिएको कोठामा एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको पाइएको छ । उनले भनिन्, ‘झ्याल टालिएकाले हावा आवतजावत सहज छैन । कोठाभित्र एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने जस्तो गरी दुई वटा ठूलो पंखा मात्र छन् ।’

थापाका अनुसार, कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएकाले भीडभाड बढेको छ । ‘शौचालय पर्याप्त छैनन् र भएका शौचालयको अवस्था पनि राम्रो छैन,’ उनले भनिन् ।

जेल प्रशासनले झ्याल सुरक्षा कारणले टालिएको बताए पनि, मानवअधिकार आयोगले हावा सर्कुलेसनका लागि झ्याल खुला गर्न सुझाव दिएको छ ।

मानवअधिकार आयोगको टोलीले कारागारको समग्र अवस्थाबारे प्रतिवेदन तयार पार्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =