तीन दिनदेखि मादीमा बेपत्ता परियार भेटिएनन्

तनहुँ । व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक तीन दिनदेखि फेला परेका छैनन् ।

व्यास नगरपालिका–१ अम्रेनीका ४० वर्षीय हरि परियार साथीभाईसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी जारी राखे पनि उनी नभेटिएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

मादीमा पानीको बहाव बढिरहेकाले खोजी गर्न कठिनाइ भएको छ । परियार नेपाल टेलिकम दमौली शाखामा सवारीचालक पदमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =