उकालोमा भित्तामा ठोक्कियो एम्बुलेन्स, २७ वर्षीय चालकको मृत्यु

सुर्खेत । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका-१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा एम्बुलेन्सका चालक भेरी-१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी-१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =