उत्तराखण्ड घटनाः सय भन्दा बढी अझै बेपत्ता

काठमाडौं । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डको एक गाउँमा बादल फुटेको चार दिनपछि पनि एक सय भन्दा बढी व्यक्तिहरू अझै बेपत्ता रहेको स्थानीय स्रोतहरूले बताएका छन् ।

भग्नावशेषमुनि फसेकाहरूको खोजीलाई तिब्र बनाउन उन्नत उपकरणहरू हवाई मार्गबाट लैजाने प्रयास भइरहेको बताइएको छ । यद्यपि प्रत्येक दिन बित्दै जाँदा उनीहरूको जीवित नै रहने सम्भावना कम छ ।

बेपत्ता हुनेहरूमा दक्षिणपश्चिमी राज्य महाराष्ट्रको जलगाउँ क्षेत्रका १६ जना पर्यटकहरूको समूह र केही नेपाली नागरिकहरू पनि रहेको बताइएको छ ।

खोज र उद्धार कार्य जारी थियो । तर अहिलेसम्म ६ जनाको मात्र शव निकालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =