मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सर्लाही । सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

शुक्रवार बलरा नगरपालिका–११ वडा कार्यालय नजिकै बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई अचलगढ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुरसमेत घाइते भएका छन् ।

उनको प्रादेशिक अस्पताल मलङ्गवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

यसैबीच अचलगढ अस्पतालमा रहेको एम्बुलेन्समा इन्धन नभएका कारण बिरामीलाई समयमै अन्य अस्पताल लैजान नसक्दा बिरामीको मृत्यु भएको स्थानीयले गुनासो गरेका छन् ।

एम्बुलेन्समा पम्पबाट इन्धन ल्याएर हालेर बिरामी लैजाँदा दुई घण्टा ढिलो अस्पताल पुगेका कारण बिरामीको ज्यान गएको परिवारको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =