कम उमेरका एकल महिलालाई सीप सिकाएर रोजगारी दिनुपर्छ : सांसद कुसारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्नसक्ने उमेर भएका एकल महिलाहरूलाई भत्ता दिने नभई सीप सिकाइ रोजगारी दिनुपर्ने बताएकी छन् ।

बिहीबारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले एकल महिलाहरूको हकमा भत्ता दिनेमात्रै काममा सरकार लालयित भएको आरोप लगाइन् । उनले एकल महिलाहरू २० वर्षदेखिका समेत रहेको भन्दै उनीहरूलाई काम सिकाएर रोजगारी दिन जरुरी रहेको बताइन् । त्यसमा सरकार गम्भीर हुन नसकेको उनको आरोप छ ।

उनले भनिन् ‘एकल महिलाको हकमा भत्ता दिनमात्रै लालयित भयौँ । एकल महिला त २० वर्षदेखिका पनि छन् । उनीहरू श्रम गर्ने उमेर हो । युवा बेलामा पनि एकल महिला हुँदा सीप दिएर रोजगारी दिने की भत्ता दिएर मात्रै उनीहरूलाई राख्ने । राज्य त्यसमा गम्भीर नभएको देखियो । ठोस उपलब्धि जिरो छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद जावेदा खातुन जागाले मानव सेवा आश्रममा अभिभावक भएका बालबालिकाहरू पनि पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले त्यसको कारणहरू गरिबी रहेको भन्दै सरकारले त्यस्ता बालबालिकाहरूका लागि सुरक्षा भत्ता दिनुपर्ने बताए ।

उनले भने ‘मानव सेवा आश्रममा अभिभावक भएका बालबालिकाहरू पनि पाइयो । त्यो अब के कारणले हो रु आश्रमका आयोजकहरूले गरिबीका कारणले अभिभावकले छोडेको भन्ने आयो । त्यस्तो बालबालिकाहरूले कुनै किसिमको सुरक्षा भत्ता पाएका छैनन् । त्यसमा गम्भीर हुन आवश्यक छ । बालबालिकाको पोषण, गुणस्तरीय खाद्यवस्तु पुर्याउनुपर्छ । महिला मन्त्रालयले ध्यान दिन आवश्यक छ ।’

सांसद जागाले बालबालिकाहरूमा पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तु पुर्याउनुपर्ने माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =