आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सांस्कृतिक पर्व गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद् निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको बताइएको छ ।

यसअघि गाईजात्राको दिन काठमाडौँ उपत्यकाभित्र मात्र बिदा दिने गरिए पनि अब बागमती प्रदेशअन्तर्गत सबै जिल्लामा समानरुपमा सार्वजनिक बिदा लागु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =