मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भीमफेदी । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा आज करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान करिब ९ बजेक जोगितालस्थित आफ्नै खेतमा बाली जङ्गली जनावरबाट जोगाउन बनाइएको करेन्टयुक्त तारमा छोइएपछि लालबहादुर मोक्तानको घटनास्थलमै ज्यान गएको हो ।

चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका करिब ३५ वर्षीय मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए ।

खेतको निगरानीका लागि गएका उनी ती तारमा छोइएर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =