प्रधानमन्त्रीले तुरुन्तै विश्वासको मत लिनुपर्छ : मेटमणी चौधरी

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्तै विश्वासको मत लिनुुपर्ने बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधानको धारा १०० को उपधारा २ बमोजिम सरकारमा सहभागी दुई वटा राजनितिक दलले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाई छ ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ती पार्टीले सर्मथन फिर्ता लिएको बुधवार ठीक एक महिना पुगेको उनले बताए ।

यस्तै अर्को दल जनता समाजवादीले पनि सर्मथन फिर्ता लिएको छ । उनले प्रधानमन्त्रीले सार्वजानिक कार्यक्रमहरुमा विश्वासको मत लिन नपर्ने भन्ने गरेको उल्लेख गर्दै उक्त कुराको आफ्नो पार्टीले घोर भर्सना गर्ने पनि बताए ।

उनले यसअघि पनि बहुमतमा रहेको सरकारका प्रधानमन्त्रीले विश्वासको मत लिएको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =