राजर्षिजनक विश्वविधालयको परीक्षा नियन्त्रकमा प्राडा महतो नियुक्त

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रको परीक्षा नियन्त्रक पदमा प्राडा श्यामकिशोर महतोलाई आज नियुक्त गरेको छ ।

उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार उनलाई चारवर्षका लागि परीक्षा नियन्त्रक पदमा नियुक्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा जारी पत्रमा जनाइएको छ ।

सो पत्रमा राजर्षिजनक विश्वविद्यालयलको ऐन तथा नियमावली, २०७५ अनुसार महतोलाई काम गराउने उल्लेख गरिएको छ ।

जनकपुरधामस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पदभारग्रहण गर्दै उनले यस विश्वविद्यालयले लिने परीक्षालाई मर्यादित तथा व्यवस्थित गराउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । विश्वविद्यालयबाट तोकिएको तालिका अनुसार परीक्षा सञ्चालन गराउने उने बताए ।

धनुषाको सबैला नगरपालिका–३ का स्थानीय बासिन्दा प्राडा महतोले तथ्याङ्कशास्त्रमा पटना विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उनले विगत २८ वर्षदेखि अध्यापन क्षेत्रमा कार्यरत हुनुहन्छ । यसअघि उनि उक्त विश्वविधालयको डिनसमेत भएका थिए ।

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रको परीक्षा नियन्त्रक पदमा प्राडा श्यामकिशोर महतोलाई आज नियुक्त गरेको छ ।

उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार उनलाई चारवर्षका लागि परीक्षा नियन्त्रक पदमा नियुक्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा जारी पत्रमा जनाइएको छ ।

सो पत्रमा राजर्षिजनक विश्वविद्यालयलको ऐन तथा नियमावली, २०७५ अनुसार महतोलाई काम गराउने उल्लेख गरिएको छ ।

जनकपुरधामस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पदभारग्रहण गर्दै उनले यस विश्वविद्यालयले लिने परीक्षालाई मर्यादित तथा व्यवस्थित गराउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । विश्वविद्यालयबाट तोकिएको तालिका अनुसार परीक्षा सञ्चालन गराउने उने बताए ।

धनुषाको सबैला नगरपालिका–३ का स्थानीय बासिन्दा प्राडा महतोले तथ्याङ्कशास्त्रमा पटना विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उनले विगत २८ वर्षदेखि अध्यापन क्षेत्रमा कार्यरत हुनुहन्छ । यसअघि उहाँ उक्त विश्वविधालयको डिनसमेत भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =