जिम्मेवारीमा रहेका व्यक्तिहरुको कमजोरीले कुलिङ पिरियडमा छेडखानी : एमाले (भिडिओ)

काठमाडौं । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा छेडखानी हुनुमा जिम्मेवारीमा रहेका व्यक्तिहरुको गल्ती रहेको प्रतिवेदनले देखाएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी भएको देखिएको बताए ।

आगामी दिनमा त्यस किसिमका काम नहोस् भनेर प्रतिवेदनले सुझाव दिएको बताए । परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पारेको बताए ।

पदअनुकुलका व्यवहारहरु कर्मचारीबाट हुनुपर्ने पनि बताए । ‘प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी अवश्य भएको छ । आगामी दिनमा पनि नहोस् भनेर सुझाव दिनुभयो । परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पार्न खोज्नुभएको छ । पदअनुकुलका व्यवहारहरु पनि कर्मचारीको तहबाट जसरी गर्नुपर्छ त्यसरी प्रतिवेदनले बोल्न खोजेको छ । व्यक्ति विशेषका नाामहरु नतोकिएको देखिए पनि परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले आफूले गर्नुपर्ने दायित्व कसरी ध्यान दिनुपर्छ भन्ने पाटोलाई उजागर गरेको छ’ उनले भने ।

संसदीय समितिले कानून निर्माणमा होशियारी पूर्वक अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =