जसपा नेपाल सप्तरीको अध्यक्षमा यादव निर्वाचित

सप्तरी । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदारप्रसाद यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

केदार २३५ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी उमेश यादवले २०५ मत प्राप्त गरे ।

उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव निर्वाचित हुनुभएको छ । सचिवमा निरज झा निर्वाचित भए । यही १४ साउनदेखि जसपा नेपाल, सप्तरीको अधिवेशन सुरु भएको थियो । अधिवेशनको बन्द सत्रमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =