अदालतमा २८ लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुईवटा मुद्दामा धरौटी बुझाएर रिहा भएका छन् ।  डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै रिहा गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा छाड्न आदेश दिएको थियाे ।

आदेशमा भनिएको छ, ‘घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सहप्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन व्यहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरुबाट यी प्रतिवादी दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था देखिएन ।’

अदालतकाे आदेशपछि उनि धरौटी बुझाएर रिहा भएका हुन् ।

अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको भन्ने प्रमाणबाट देखिएकाले धरौटीमा छाड्ने आदेश गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो ।

अदालतले प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । प्रसाईंले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन दिएको निवेदनमाथिको सुनुवाइपछि धरौटीमा छाड्ने आदेश भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =