महाकालीमा पानीको बहाब बढ्यो, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

दोधारा चाँदनी । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

‘महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ’ उनले भने ‘महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।’

उनकाअनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =