जोर्डन, इजिप्ट, युएईद्वारा गाजामा थप मानवीय सामग्री वितरण

एजेन्सी । जोर्डन, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) ले एयरड्रप मिसन र मानवीय सहायतामार्फत गाजा पट्टीमा थप सहायता पु¥याएका छन् । जोर्डनले गाजा पट्टीमाथि सात संयुक्त एयरड्रप मिसनहरू सञ्चालन गरेको हो ।

धेरै अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा तटीय क्षेत्रलाई कुल ६१ टन मानवीय र खाद्य सहायता पु¥याएको छ ।संयुक्त अपरेशनमा रोयल जोर्डन वायु सेनाका दुई विमानहरू, जर्मनी, युएई, फ्रान्स र बेल्जियमले योगदान गरेका विमानहरू समावेश थिए ।

यसैबीच, इजिप्टले आइतबार प्यालेस्टिनी एन्क्लेभमा प्रवेश गर्नुअघि निरीक्षणको लागि केरेम शालोम क्रसिङको बाटो हुँदै रफाह सीमा पार गर्दै गाजा पट्टीमा नयाँ मानवीय सहायता काफिले पठाएको इजिप्टको अल–काहेरा न्यूज टिभी च्यानलले रिपोर्ट गरेको छ ।

इजिप्टियन रेड क्रिसेन्टद्वारा आयोजित सहायता काफिलेमा खाद्यान्न आपूर्ति, चिकित्सा उपकरण र आवश्यक औषधिहरूले भरिएका दर्जनौं ट्रकहरू समावेश छन् । साथै गाजामा अस्पताल र पानी स्टेशनहरू जस्ता महत्वपूर्ण पूर्वाधारहरूलाई विद्युतीकरण गर्न तोकिएका १०७ टन डिजेल बोकेका दुई इन्धन ट्रकहरू पनि समावेश छन् ।

आईतवार मात्रै भोकमरी र कुपोषणका कारण थप ६ जनाको मृत्यु भएपछि भोकमरीसँग सम्बन्धित मृत्युको कुल संख्या १७५ पुगेको छ । जसमा ९३ बालबालिका पनि समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =