प्रदेश प्रमुख देवकोट अस्पतालबाट घर फिर्ता

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट घर फिर्ता भएका छन् ।

पिसाबसम्बन्धी सङ्क्रमणपछि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइएको र स्वास्थ्यमा सुधार आएकाले आज उनि घर फिर्ता भएका हुन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रकाश चौलागाईले हेटौँडास्थित सरकारी निवासमा रहेका बेला गत साउन १४ गते राति समस्या देखिएपछि उनि अर्को दिन थप उपचारका लागि काठमाडौँ आएका बताए ।

प्रदेश प्रमुख देवकोटा भोलिदेखि नियमित काममा फर्किने जानकारी प्राप्त भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =