मलाई गाली गर्नैछ भने शब्दकोष पल्टाइ पल्टाइ गरे हुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई खुलेर गाली गर्न सकिने बताएका छन् । उनले रिस उठेका मानिसलाई गाली गर्न स्वतन्त्रता रहेको उल्लेख गर्दै, आफू तथ्यका आधारमा चुनौती दिन तयार रहेको बताएका छन् ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘रिस उठेका मानिसहरुलाई गाली गर्न स्वतन्त्रता छ । गरौँ । शब्दकोष पल्टाइ पल्टाइ गाली गरे पनि के फरक पर्छ र ?’

उनले आफुले बोलेका विषयहरू नेपाल राष्ट्र बैंकले छापेका नोट जस्तै प्रमाणित हुने दाबीसमेत गरे । ‘अहिले मैले भनेका कुराहरुमा नेपाल राष्ट्र बैंकले छापेका नोटहरुमा हुन्छ, कसैले भुक्तानी माग्न आएमा रुपैयाँ यति तत्काल भुक्तान दिइनेछ,’ ओलीको भनाइ थियो, ‘मैले भनेका कुराहरुमा पनि तत्काल भुक्तान दिनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =