नहरले बगाउँदा ७२ वर्षीय वृद्धको मृत्यु

रामपुर (पाल्पा) । रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । घरबाट एक्लै निस्किएका उनी रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बग्दै गरेको अवस्थामा भेटिएकी हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =