झलनाथ खनालले खुरुक्क राजीनामा दिएर जानुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनालप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनले खनाललाई खुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा लिन सुझाव दिएका छन् ।

एक अन्तर्वार्तामा खनालले नेकपा एमाले फुटाउनु गल्ती भएको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपालले प्रतिक्रिया दिँदै खनाललाई पार्टी निर्णय नमान्ने नेताहरूको सूचीमा ‘नम्बर वान’ को संज्ञा दिएका छन् । उनले भने, ‘उहाँलाई अब पार्टीमा बस्ने अधिकार नै छैन ।’

नेपालले खनालको अभिव्यक्तिमा विश्वास गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । नेपालले समाजवादी मोर्चा र माओवादी केन्द्रसँगको सहकार्यबारे बोल्दै भने, ‘यो हाम्रो पार्टीको संस्थागत निर्णय हो। यसमा कसैले विरोध गर्नुको अर्थ छैन ।’ उनले माओवादीसँग पार्टी एकीकरणको चर्चा नभएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =