गोरखा ब्रुअरी र पठाओको सहकार्यमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु

काठमाडौँ । नेपालमा र संस्कृतिको प्रवर्द्धन गर्न गोरखा ब्रुअरी प्रा.ली.ले नेपालको राइड-हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ ।
यो पहल गोरखा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन सम्बन्धी प्रतिबद्धताको हिस्सा भएको कम्पनीले जनाएको छ । जसले दिगोपन अभियान अन्तर्गत लक्ष्यलाई समर्थन गर्ने बताइएको छ ।
कम्पनीका अनुसार यस अभियान मार्फत सामाजिक जमघट- विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपान पछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिनेछ । यसले ‘ड्रिंक एन्ड ड्राइभ’ विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको बताइएको छ ।
यो अभियान केवल सन्देश हैन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास हो। सामाजिक उत्तरदायित्व प्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो,’ — गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर रोजन अमात्यले बताए ।
पहिलो चरण : काठमाडौँ उपत्यकामा व्यावहारिक अभियान
कम्पनीका अनुसार अभियानको प्रारम्भिक चरण काठमाडौँ उपत्यकामा सञ्चालन हुनेछ। पठाओको डेटा–आधारित सञ्चार संयन्त्र मार्फत सामाजिक तथा मनोरञ्जन क्षेत्रहरूमा लक्षित सन्देश प्रवाह गरिनेछ, जसले प्रभावकारी रूपमा जिम्मेवार मद्यपानबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ।
नेपालको पेय उद्योगमा पहिलोपटक यस्तो सहकार्य नेपालमा ब्रुअरी कम्पनी र राइड–हेलिङ प्लेटफर्मबिच जिम्मेवार मद्यपान प्रवर्द्धनका लागि यस किसिमको सहकार्य पहिलो हो ।








