दीपेन्द्र अग्रवालविरुद्ध ३ दिन म्याद थप

काठमाडौं । २२ करोड रुपैयाँभन्दा बढीको ठगी आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवालविरुद्ध ३ दिन म्याद थप गरिएको छ ।

सोमबार टोखाबाट पक्राउ परेका अग्रवाललाई अदालतबाट ३ दिनको म्याद थप गरिएको हो ।

परिसरका एसपी अपिल राज बोहराले अग्रवालविरुद्ध ठगी र विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

प्रहरीका अनुसार अग्रवालले लामो समयदेखि सेयर कारोबारको नाममा लगानीकर्ता र धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए ।

उनले सस्तोमा सेयर खरिद गरी त्यसको मूल्य कृत्रिम रुपमा बढाएर सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई आकर्षित गर्ने र पछि महँगोमा बेचेर फाइदा उठाउने गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =