एमाले केन्द्रिय कमिटी बैठक

पूर्वराष्ट्रपति भण्डारीबारे राजनीतिक निर्णय गर्नुपर्ने अधिकांशको धारणा

काठमाडौं । नेकपा (एमाले) केन्द्रिय कमिटीको बैठकमा केन्द्रिय सदस्यहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले यस्तो धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनकाअनुसार पार्टी केन्द्रिय सदस्यहरुले सचिवालय र पोलिटब्युरो बैठकका प्रश्तावहरुमा सहमति जनाएका छन् ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठानिक राजनीतिक प्रश्ताव प्रश्तुत गरेका गरेका थिए ।

त्यसपछि केन्द्रिय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरुले बोल्ने क्रम सम्पन्न भएको गौतमले बताए ।

बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । मंगलवारसम्म चल्ने बैठकमा प्रत्येक केन्द्रिय सदस्यलाई ३÷३ मिनेट बोल्ने समय दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =