सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?
२०८२ साउन ५ गते

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन सुन १ लाख ९३ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
२०८२ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








