इनड्राइभद्वारा काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ आयोजना

काठमाडौँ । इनड्राइभले हालै काठमाडौँमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको उद्देश्य ड्राइभरहरूको मेहनत र समर्पण प्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता‘ तथा ‘सामुदायिक सशक्तीकरण‘ प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाउने रहेको कम्पनीले जनाएको छ ।
स्थानीय ड्राइभर पार्टनर्स र इनड्राइभ टिमलाई एकसाथ ल्याउँदै, भेलाले प्रत्यक्ष अन्तरक्रिया, साझा अनुभवहरू, र सहयोगी छलफलको लागि एक अद्वितीय प्लेटफर्म प्रदान गर्यो ।
इनड्राइभको सेवामा समर्पित चालकहरू प्रति सम्मान व्यक्त गर्दै, कार्यक्रम सद्भाव, प्रशंसा र पारस्परिक सम्मानले भरिएको बताएको छ ।
‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू हुन्, इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स हेड, निकोलाईले बताए, ‘यो भेटघाट र अभिवादन कार्यक्रम हाम्रो चालक–सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्ने एक सानो प्रयास मात्र थियो । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यो अवसर उनीहरूको अनुभवहरू सुन्ने, चासो र चुनौतीहरू बुझ्ने, र उनीहरूसँगै सिक्दै अघि बढ्ने थलो बन्यो ।’
उनले थप स्पष्ट पारे, ‘हामी इनड्राइभलाई एउटा यस्तो पिपुल–फस्र्ट प्लेटफर्मको रूपमा निर्माण गर्न प्रतिबद्ध छौँ, जहाँ छनोटको स्वतन्त्रता, पारदर्शिता र निष्पक्षता नै मूल मूल्यहरू हुन् । हाम्रो उद्देश्य केवल सेवाको सुधार मात्र होइन, हामीसँग जोडिएका प्रत्येक व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो ।’
यस अवसरमार्फत, इनड्राइभले टेक्नोलोजी र सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित, र लाभदायक बनाउने आफ्ना योजनाहरू प्रस्तुत गरेको जनाएको छ ।








