काठमाडौंमा खुल्यो करेन्ट पोइन्ट: नुडल्स पारखीका लागि नयाँ स्वादको गन्तव्य

काठमाडौं । नेपाली युवापुस्तामाझ अत्यधिक लोकप्रिय ब्रान्ड ‘करेन्ट’ अब राजधानी काठमाडौंमै पनि चाख्न पाइने भएको छ ।

हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा छुट्टै पहिचान बनाइसकेको करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले शुक्रबारदेखि काठमाडौंको अनामनगरमा आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको हो ।

बुटवलमा अपार सफलता पाएको करेन्ट पोइन्टको यो दोस्रो शाखा हो । सिंहदरबारको विपरित दिशामा, न्यू प्लाजा जाने बाटोमा खोलिएको नयाँ आउटलेटको उद्घाटन कार्यक्रममा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री केकी अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

उनको उपस्थितिमा ग्राहक र शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलमा उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र माया नै काठमाडौं शाखा विस्तारको प्रेरणा बनेको बताए । “काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो स्वाद मन पराउनेहरूका लागि यो स्थान एक विशेष गन्तव्य बन्ने विश्वास लिएको छौं,” उनले भने ।

त्यस अवसरमा कम्पनीका ग्लोबल सि.ई.ओ जीपी शाहले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत उपलब्ध नुडल्स तथा स्न्याक्स र करेन्ट पोइन्टको उद्देश्यबारे विस्तृत जानकारी दिएका थिए ।

करेन्ट पोइन्टमा उपभोक्ताले करेन्ट नुडल्सका नयाँ स्वाद र फ्लेवरको मज्जा लिन सक्नेछन् । ग्राहकहरूले आफ्ना रोजाइअनुसारको मसला, स्वाद र स्टाइलमा चाउचाउ तथा स्न्याक्स अर्डर गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

विशेषगरी युवापुस्तालाई लक्षित गर्दै बनाइएको करेन्ट पोइन्टले राजधानीवासीलाई नयाँ स्वाद, झोलिलो मसला र पिरोपनको अनौठो संयोजनको अनुभव गराउने लक्ष्य लिएको छ । अनामनगर पुग्ने जो कोहीले यहाँ विभिन्न स्वादका नुडल्स र स्न्याक्सको मज्जा लिन सक्नेछन् ।

सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा.लि. छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । ‘करेन्ट’ ब्रान्ड अन्तर्गत उत्पादित नुडल्स, चिज बल्स, पोट्याटो क्र्याकर्स, स्टिक्सलगायतका खाजाहरू नेपाली स्वादमा आधारित भएर पनि अन्तर्राष्ट्रिय गुणस्तरमा प्रस्तुत गरिएका छन् ।

कम्पनीले नेपालभित्र मात्र नभई २२ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आइरहेको छ । नेपाली उत्पादनलाई विश्वमाझ चिनाउने अभियानमा अग्रसर यसोदा फुड्सले करेन्ट पोइन्टमार्फत राजधानीबासीलाई झनै नजिकबाट आफ्नो स्वाद चाखाउने मौका दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =