पुँजीबजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर छ : सन्तोषनारायण श्रेष्ठ

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर रहेको आफूले महशुस आफूले गरेको बताएका छन् ।

अर्थ समितिमा बिहीवार छलफलमा बोल्दै उनले पुँजीबजारको विस्तार अनुसार नियमन विगतमा नभएको र आफ्नो ६ महिनाको कार्यकालमा सुधार्ने कोशिस भएको बताए ।

लेखा समितिको पत्र र पछिल्लो अर्थ समितिको निर्देशनले आइपीओ जारीमा थप अन्योलता सिर्जना भएको उनले बताए ।

श्रेष्ठले आगामी दिनमा कसरी अघि बढ्नेबारे समितिबाटै निर्देशन हुनुपर्ने बताए । श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणी शिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरण गइसकेको छ ।

उक्त प्रतिवेदनले नयाँ स्टक दिन उपयुक्त हुने बताइएको छ । भइरहेको नेप्सेलाई पुनः संरचना गर्न भनिएको छ । पुरानोलाई कसरी लैजाने भन्नेबारे गृहकार्य भइरहेको उनले बताए ।

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेञ्ज दिन कुनै रोकतोक छैन । अहिले तीन वटा प्रश्ताव आइसकेको छ । आएका तीन वटा प्रश्तावमाथि मूल्यांकन गरेर प्रक्रिया अघि बढाइनेछ ।

श्रेष्ठकाअनुसार धितोपत्रमा उत्पादनमुलक कम्पनी, राम्रा कम्पनीलाई बजारमा ल्याउन प्रिमियम जोडिने गरेको छ ।

अप्ठ्याराहरुलाई हटाउँदै सन्तुलित हिसावले अघि बढ्नुपर्छ । पुँजीबजार औजारहरु प्रोमोट गर्दै डिबेन्चर, बोनहरुलाई अघि बढाउने श्रेष्ठले बताए ।

धतोपत्र ऐन र नीति तथा कार्यक्रममा पनि नयाँ औजारहरुलाई अघि बढाउनेबारे सम्बोधन गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =