कान्तिलोकपथको पहिरो पन्छाइयो

बागमती । पहिरो खसेर अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ ।

कान्तिलोपथस्थित ठिंगन–वगुवा खण्ड अन्तर्गत गङ्गटेमा पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्धे थियो ।

डोजर लगाएर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पहिरो खसेर बाटो अवरुद्ध भएपछि सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =