बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारा । बाराका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् ।

कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिनुभएको हो । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० मा बिक्री गरिरहेका छन् ।

गत वर्ष प्रतिक्विन्टल तीन हजारको दरले बिक्री वितरण भएको थियो । उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेको बताए ।

गत कृषकहरू १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =