पश्चिमी युरोपमा गर्मीले जनजीवन प्रभावित
२०८२ असार २५ गते

एजेन्सी । पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना रेकर्ड गरेको छ । औसत तापक्रम २०.४९ डिग्री सेल्सियस पुगेको छ ।
पहिलो गर्मीको लहरले जुन १७–२२ मा पश्चिमी र दक्षिणी युरोपलाई जलाएको छ ।
जसले स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, जर्मनी, अस्ट्रिया, स्विट्जरल्याण्ड र संयुक्त अधिराज्यलाई घेरेको छ ।महिनाको अन्त्यमा दोस्रो, बढी तिब्र गर्मीको लहर आयो ।
जुन ३० र जुलाई १ मा क्षेत्रीय दैनिक औसत २४.९ डिग्री सेल्सियस दर्ता गरिएको छ ।
२०८२ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








