प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै
२०८२ असार २४ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ ।
सोमवार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लागेका हुन् ।
बाढीग्रस्त क्षेत्रमा गएर प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले बताए । रसुवामा ठूलो विपद् आएको बताए । ‘रसुवामा ठूलो डिजास्टर भएको छ । हामी जान लागेका छौँ । त्यहाँ गएर हेरेपछि आवश्यक निर्णय गर्नेछौँ’ उनले भने ।
बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।
२०८२ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








