काठमाडौं मेडिकल कलेजमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा पहिलोपटक सफल कलेजो (लिभर) प्रत्यारोपण सम्पन्न भएको छ । यो नेपाली चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन् ।

प्रत्यारोपणको नेतृत्व वरिष्ठ सर्जन डा. रोशन घिमिरेको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको थियो ।

कलेजो प्रत्यारोपण जटिल र जोखिमयुक्त शल्यक्रियाका रूपमा चिनिन्छ । त्यसलाई सफलतापूर्वक नेपालमै सम्पन्न गर्नु देशको चिकित्सा प्रविधिमा भएको प्रगतिलाई संकेत गर्ने घटनाका रूपमा लिइएको छ । प्रत्यारोपण सफल भएपछि नगरकोटी स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

केएमसीका संस्थापक एवं नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले यस उपलब्धिलाई ऐतिहासिक भनेका छन् ।

उनले यस सफलतामा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकहरूलाई धन्यवाद दिंदै भने– ‘अब अंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हट्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =