रूस निर्णयको अफगानिस्तान सरकारले गर्यो स्वागत
२०८२ असार २२ गते

एजेन्सी । अफगानिस्तानको अन्तरिम सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धपछिको मध्य एशियाली राज्यको कानूनी प्रशासनको रूपमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानलाई मान्यता दिने रूसी संघको निर्णयको स्वागत गरे ।
अन्य राष्ट्रहरूले पनि त्यसलाई पछ्याउने उनको विश्वास छ । रूस पहिलो देश थियो जसले औपचारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दियो ।
अन्तरिम सरकारको राजदुतलाई स्वागत ग¥यो र मस्कोमा अफगानिस्तान दुतावास भवनमा आफ्नो झण्डा फहराएको थियो ।
अमेरिकी नेतृत्वमा रहेका विदेशी सेना अफगानिस्तानबाट फिर्ता भएपछि अगस्ट २०२१ मा अफगान अन्तरिम सरकारले सत्ता सम्हालेको थियो ।
२०८२ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








