कीर्ते माइन्युट बनाएर सहकारीको रकम हिनामिना, एक जना पक्राउ
२०८२ असार २० गते

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अंकित श्रेष्ठलाई सहकारीको रकम हिनामिनासहित कीर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदामान दोङका अनुसार, श्रेष्ठले बोक्सेस्थित महिला तथा जनजागृति सहकारी संस्थाको युवा स्वरोजगार कोषबाट कागजात किर्ते गरेर रकम ठगी गरेका थिए ।
श्रेष्ठ स्वयं युवा स्वरोजगार कोषका सदस्यसमेत हुन् । प्रहरीले उनको अन्य पदाधिकारीका नाममा किर्ते माइन्युट खडा गरेर रकम निकासी गरी हिनामिना गरिएको पुष्टि गरेको छ ।
उनविरुद्ध कीर्ते तथा ठगी सम्बन्धी उजुरी परेपछि बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ ।
२०८२ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








