स्वामी विज्ञानानन्दद्वारा ‘हिन्दू घोषणापत्र’ सार्वजनिक

काठमाडौँ । हिन्दू धर्मशास्त्रले वर्णन गरेअनुसारका सभ्यता र संस्कृतिका विषय समेटिएको ‘हिन्दू घोषणापत्र’ सार्वजनिक गरिएको छ ।

हिन्दू आर्थिक मञ्च, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वामी विज्ञानानन्दले सो घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले ‘सय हातले कमाएर हजार हातले बाँड’ भन्नेजस्ता हिन्दू दर्शन ग्रन्थका विषय घोषणापत्रमा समेटिएको जानकारी दिए ।

ग्रन्थमा उल्लेख भएका सनातनी हिन्दू परम्परा, हिन्दू दर्शनमा प्रकृतिको संरक्षण, देशभक्ति, हिन्दू दर्शनमा सभ्यता र संस्कृतिलगायतका विषय घोषणापत्रमा समावेश गरिएको जानकारी उनले गराए । धर्मको मूल अर्थ अर्थात् धन कमाउनु र त्यसलाई दान गरेको उनको भनाइ छ । दार्शनिक चाणक्यले सरकारी कामका लागि सरकारी कोषको तेल र निजी कामका लागि निजी कोषको तेल प्रयोग गरेको प्रसङ्ग उल्लेख गर्दै धनको सही सदुपयोग र मितव्ययिता अपनाउनुपर्ने पनि उनले सुनाए ।

मञ्चका अध्यक्ष प्रदीपमान वैद्यले हिन्दू समाजलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा ग्रन्थले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृतिविद् डा घनश्याम खतिवडा, बैङ्कर अनिलकेशरी शाह र मञ्चका सहसचिव हेमाकुमारी अधिकारीलगायतले विश्व हिन्दू आर्थिक मञ्चको नेपाल शाखाका रुपमा चार वर्षअघि संस्था स्थापना गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =