बाल्टीको पानीमा डुबेर डेढ वर्षीया शिशुको मृत्यु
२०८२ असार २० गते

कञ्चनपुर । भीमदत्त नगरपालिका–८, तिलाचौडकी डेढ वर्षीया प्रिया सिंहको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी सागर बोहराका अनुसार, सुरज सिंहकी छोरी प्रियाको आज दिउँसो घरको स्नानगृहमा रहेको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।
शिशुलाई अचेत अवस्थामा फेला पारिएपछि तत्कालै महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकले उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२०८२ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








