सुदूरपश्चिम सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिहीबार दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले उक्त निर्णय केन्द्रको निर्देशन अनुसार गरिएको स्पष्ट पारे ।

‘केन्द्रले दिएको मार्गदर्शनअनुसार सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता लिएका हौं,’ चौधरीले भने ।

नागरिक उन्मुक्तिको समर्थन फिर्तापछि सुदूरपश्चिम सरकार संकटमा पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =