शालीन आत्महत्या प्रकरणः एकता शिशु निकेतनका तीन शिक्षकले पाए सफाइ

काठमाडौं । चितवनको एकता शिशु निकेतन स्कुलमा छात्राले आत्महत्या गरेपछि आत्महत्या दुरूत्साहनको अभियोग लागेका तीन शिक्षकहरूले सफाइ पाएका छन् ।

२०८० फागुन १२ मा छात्रा शालीन पोखरेलले स्कुलमा आत्महत्या गरेपछि पोखरेलका बाबुले शिक्षकहरूविरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए ।

विद्यालयका प्राचार्य बालहरी देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्माविरुद्ध जिल्ला अदालत चितवनले आत्महत्या दुरूत्साहनको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिएको हो ।

अदालतका न्यायाधीश ध्रुबकुमार ढकालको इजलासले मृतक १५ वर्षकी बालिका पोखरेलका बाबु दीपेन्द्र पोखरेल र उनी पक्षका कानून व्यवसायीबाट उठाइएको बलात्कारपछि हत्याको आरोप शंकाको आधारमा लगाइएको बताएका छन् ।

चितवन जिल्ला अदालतले २०८० चैत ६ गते प्राचार्य देवकोटालाई तीन लाख, शिक्षक अधिकारी र होस्टलका वार्डेन शर्मालाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । २०८१ चैत ४ गते नै फैसला भए पनि पूर्णपाठ केही दिनअघि मात्र सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =