नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

काठमाडौँ । अटोशो २०२५ का लागि स्टल एलोकसेन कार्यक्रम उत्साहपूर्ण सम्पन्न भएको छ ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते ९अगस्ट १९–२४, २०२५० सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि।सं। २०५५ मा सुरु भएको नाडा अटोशो आजसम्म आई पुग्दा नेपाली अटोउद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको नाडाले बताएको छ ।

सहभागी ब्रान्डहरू :

  •  चार पाङ्ग्रे : DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto,
    JINPENG. (18 Stalls)
  • दुई पाङ्ग्रे : Hero, Royal Enfield, Zonson, Yamaha (4 Stalls)
  • लाइट कमर्शियल भेहिकल : NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG (13 Stalls)
  • अटो कम्पोनेन्टहरू : Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO आदिको व्यापक उपस्थिति,

यस संस्करणका विशेष आकर्षणहरू :

  • Made in Nepal पभिलियन
  • विन्टेज कार पभिलियन
  • अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद)
  • इटेरी, क्याफे
    साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिने नाडाले जनाएको छ ।

यस संस्करणको टाइटल स्पोन्सर MAW Group of Companies रहने नाडाले जनाएको छ । जसले एक नवीन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा ।सहभागी हुनेछ । नाडा अटोशो २०२५ अटोमोबाइल उद्योग प्रतिको जनचासो हुनुका साथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =