पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
२०८२ असार १९ गते

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।
आज बिहान मात्रै अदालतमा उपस्थित भएका पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश भएको हो । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा दायर गरिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
२०८२ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








