करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवा बिजयपुर–२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =