देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक
२०८२ असार १८ गते

बैतडी । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको गठबन्धनलाई देशको आवश्यकता र समयको माग भन्दै त्यसको बचाउ गरेका छन् ।
बैतडी आइपुगेका मन्त्री लेखकले मंगलबार आयोजित अन्तरक्रियामा गठबन्धन इमानदारीपूर्वक टिकाइरहनुपर्नेमा जोड दिएका हुन् ।
“दुई ठूला दल मिलेर सातबुँदे सहमतिसहित गठबन्धन बनाइएको हो,” उनले भने, “अब इमानदारीपूर्वक सहकार्य गर्दै जानु हाम्रो दायित्व हो ।”
गठबन्धन सरकारप्रति जनतामा धेरै आशा भए पनि सबै पूरा गर्न नसकिएको स्वीकार गर्दै मन्त्री लेखकले सरकार नागरिकका चाहना पूरा गर्न प्रयासरत रहेको बताए ।
उनले भने, “सबैको चाहना पूरा गर्न नसकिएको भए पनि सरकार निरन्तर काममा लागिरहेको छ। केही निराशा र चिन्ता छन्, तर हामी असल काम गरेर देखाउने प्रयासमा छौं।”
२०८२ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








